काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् ।
बुधबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा दुई बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गरे हुन् ।
शपथ लिएसँगै मुख्यमन्त्री थापाले आजै सानो मन्त्रिपरिषद विस्तार गरेका छन ।
जसमा निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन् । उनीसहित ३ मन्त्रीले बुधबार नै मन्त्री पदको शपथ लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया