कानुन व्यवसायी भगवती पाण्डे पक्राउ

लोकपथ
203
Shares

काठमाडौं । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छिन् ।

अधिवक्ता पाण्डे आफै प्रहरी समक्ष उपस्थित भएपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले लोकपथलाई जानकारी दिए ।

‘उहाँ आफैँ प्रहरीसमक्ष आउनुभएको हो हाल म्याद थपका लागि अदालत लगिएको छ ।’ डिएसपी अधिकारीले भने ।

टेलिभिजन अन्तर्वार्तामा पाण्डेले मगर र तामाङ समुदायमा दाजु बहिनिबीच हुने विवाहका बारेमा अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि शुक्रवार जिल्ला अदाल त काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?