कोशी प्रदेशमा सत्ता गठबन्धनबीच मिल्याे भागबन्डा, ५ बजे शपथ

लोकपथ
273
Shares

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनबीच सहमति भएको छ । पहिलो चरणमा बन्ने मन्त्री र मन्त्रालयको भागबन्डा मिलेसँगै शपथग्रहण आजै बेलुका ५ बजे हुने भएको छ ।

सत्ता गठबन्धनको बैठकपछि माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको हो ।

गठबन्धनको बहुमत पुर्‍याउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री हुने भएका छन् ।

एकिकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री हुने छन् । नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिइने भएको छ । थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार उद्धव थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?