कोशी सरकार टिकाउन राप्रपाले बचन दिएको हो ?

लोकपथ
507
Shares

काठमाडौं । गठबन्धन दलहरुबीच मन्त्रीको भागबण्डा नमिल्दा कोशी प्रदेशमा मुख्यमन्त्रीको शपथग्रहण रोकिएको छ ।

आज बिहान १० बजेका लागि शपथग्रहणको समय तोकिएको थियो । तर दलहरुबीच कुरा नमिल्दा शपथग्रहण रोकिएको हो ।

मंगलबार कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि एक–एक जना बिना विभागीय मन्त्री नियुुक्त गर्ने सहमति भएको थियो । तर आज कांग्रेस माओवादीबाट २–२ जना विभाग नै तोकेर सरकारमा जानुुपर्ने अडानपछि शपथग्रहण रोकिएको हो ।

आज पुनः बैठक बसेर सहमति गर्न लागिएको पूर्व मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादी कोशी प्रदेशका संसदीय दलका नेता राजेन्द्र राईले लोकपथलाई जानकारी दिए ।

‘हामीले हिजो शुुरुमा एकएक जना बिना विभागीय मन्त्रीहरु तोकेर सरकारमा पठाउने सहमति गरेका थियौँ । तर आज बिभाग नै तोकेर सरकारमा सामेल हुनुुपर्ने आवाज उठेपछि आज पुुनः बैठक बस्ने तयारी भइरहेको छ ।’ उनले भने ।

केहीबेरमा बैठक बसेर सहमति खोजी शपथग्रहण गर्ने उनले बताए ।

मन्त्रीको भागबण्डा गरेर जाने सहमति भए पनि गठबन्धनमा आवद्ध दलहरुबीच मुख्यमन्त्री सञ्चालनबारे कुनै छलफल नभएको बताए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शुरुमा बिना विभागीय मन्त्री तोक्ने र पछि जिम्मेवारी दिने तयारी रहेको थियो । तर यसअघि पनि लामो बिना विभागीयमै कार्यकाल सकिएको कारण प्रदेश सभा सदस्यबाट आवाज उठेपछि बिभाग नै तोकेर जिम्मेवारी दिने तयारी गरिएको छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक्ता पर्दछ । तर बहुुमत नपुुगेपछि माओवादीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका सभामुख बाबुुराम गौतमले पदबाट राजीनामा दिएर सरकारलाई समर्थन गरेका छन् । मुख्यमन्त्रीले भने सभामुख निर्वाचित हुनुअघि नै विश्वासको मत लिने तयारी गरेका छन् ।

यसअघि एक मतले बहुुमत नपुगेपछि गठबन्धनले राप्रपासँग समेत साथ खोजेको थियो । तर राप्रपाले भने कुनै समय मुख्यमन्त्री पाउनुपर्ने माग राखेपछि सभामुुखलाई राजीनामा दिनै लगाएर बहुुमत पुुर्याइएको थियो । यदी सरकार अल्पमतमा जाने अवस्था आएमा राप्रपाले समेत समर्थन गर्ने भित्रि सहमति भएको एक प्रदेश सभा सदस्यले लोकपथलाई जानकारी दिए ।

‘अहिले पनि राप्रपासँग कुरा भएको थियो । तर राप्रपाले भागबण्डामा मुख्यमन्त्री पाउनुपर्ने माग राखेपछि गठबन्धन पछि हट्यो तर भोलि यदी सरकार अल्पमतमा परेर अस्थिरता निम्तिने खतरा बढेमा राप्रपा समेत साथ दिने बचन पाएका छौँ ।’ ती प्रदेश सभा सदस्यले भने ।
अहिले सभामुख नभएको खण्डमा सभा सञ्चालनका लागि जेष्ठ सदस्य राप्रपाका प्रदेश सभा सदस्य अमर विष्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?