कोशी प्रदेश : किन रोकियो मुख्यमन्त्रीको शपथ ?

लोकपथ
260
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण स्थगित भएको छ । बिहान १० बजेका लागि बोलाइएको शपथ साँझ ५ बजेसम्मका लागि स्थगित भएको हो ।

तयारी भए पनि अन्तिम समयमा आएर शपथग्रहण स्थगित भएको कोशी प्रदेशका प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

‘बिहान १० बजेका लागि शपथको तयारी रहेको थियो । तर अन्तिम समयमा आएर शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजेसम्मका लागि सारिएको छ ।’ श्रेष्ठले भने ।

मंगलबार प्रदेश प्रमुख परशुुराम खापुुङले नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुुक्त गरेका थिए ।
बहुमत नपुुगेपछि माओवादीबाट निर्वाचित सभामुुख बाबुुराम गौतमले राजीनामा दिएर मुुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

सभामुखबाट राजीनामा दिएका गौतमलाई मन्त्री बनाउने तयारी रहेका थियो । तर माओवादीबाट मन्त्री बन्नेमा अन्यको समेत आकांक्षा देखाएपछि विवाद देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?