काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा प्रतिनिधि पठाएको छ ।
कांग्रेसले संगठन सुदृढिकरणका लागि साउन २० गतेदेखि ३० गतेसम्मको अवधि तोकेर जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो ।
जिल्ला जिल्लामा पुुगेका प्रतिनिधिहरुले भेला गर्ने, आम कार्यकर्ताहरुसँग छलफल गर्ने र भएका विवाद समाधान गर्ने लगायतका काम गर्नुुपर्ने जिम्मेवारी समेत तोकिएको हो ।
गत साउन २ गतेबाट १० गतेसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय अनुसार जिल्लाजिल्लामा प्रतिनिधि पठाउने निर्णय गरेको हो ।
त्यस्तै जिल्लाको कामकारबाही सकेपछि त्यसको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुुझाउन समेत भनिएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया