काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले, पछिल्लो समयका भएका भ्रष्टाचार काण्डमा गृहमन्त्री नारायणकाजिको पनि संलग्न रहेको आरोप लगाएका छन् ।
मंगलवार काठमाडौंमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र राप्रपा नेपालबीचको एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै उनले, नक्कली भुटानी शरणार्थी, ललिता निवास , सुन प्रकरण जस्ता पछिल्लो समयको भ्रष्टाचार काण्डमा गृह मन्त्रीको स्वयम्को संलग्नता रहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘भ्रष्टाचार तिव्र र व्यापक रुपले बढेको छ । केहि काण्ड हेर्दा कहाली लाग्दो छ । दुःखको कुरा सबै प्रकारको भ्रष्टाचारमा राज्यको संयन्त्रको सहभागिता रहेको छ । स्वयम् गृह मन्त्री शान्ती सुरक्षा दिनुपर्ने, अपराध नियन्त्रण गर्नुपर्छ त्यही मन्त्रालय संचालन गर्ने मन्त्री भ्रष्टाचारमा संलग्न छन् ।’
उनले आफूहरुको एकता सत्ता केन्द्रित नभई सिद्धान्त केन्द्रित बनाउँन सदन र सडकको संघर्षबाट राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने तर्क गरे ।
‘२०७२ देखी ७८ साल सम्म बाटो हामीले बाटो बिराएयौं त्यसको लागि आत्माआलोचना गर्न चाहन्छु पार्टीलाई ठूलो बनाउँने नाममा गलत प्रवृतिसँग सम्झौता गर्न पुगे स्वार्थी तत्वसँग साँठगाँठ गर्न पुगे ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया