काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गरेका छन् ।
सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गरेका छन् ।
सङ्घ र प्रदेशको निर्वाचनपछि २०७४ फागुन ३ गते तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सिंहदरबारस्थित ग्यालरी बैठकमा बिहीवार अपराह्न ४ बजे प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गरेका हुन् । सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागीता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया