कोशीको मुख्यमन्त्रीमा पुनः उद्धव थापा नियुक्त

लोकपथ
455
Shares

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

केहीबेरअघि प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री थापालाई उनको दल नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाको १ प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।

यसअघि सभामुख बाबुराम गौतमको समेत समर्थनमा असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्चको फैसलापछि पदमुक्त भएका थिए । उनी पदमुक्त भएसँगै पुनः संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?