कोशी : सभामुखको राजीनामापछि बहुमत पुग्यो, गठबन्धनले गर्यो दाबी पेश

लोकपथ
52
Shares

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि गठबन्धनले दाबी पेश गरेको छ ।

४७ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको दाबी पेश गरिएको हो ।

केहीबेरअघि प्रदेशप्रमुख परशुराम खापुङ समक्ष दाबी पेश गरिएको हो ।

नेपाली कांग्रेसमा २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ प्रदेश सभाका सदस्यको समर्थन रहेको छ ।

बहुमत नपुगेपछि सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित गौतमले राजीनामा दिएपछि बहुमत पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?