संवैधानिक परिषद्को बैठक जारी

लोकपथ
84
Shares

काठमाडौं । संवैधानिक परिषद्को बैठक बसेको छ ।

केहीबेरअघिबाट सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको हो ।

बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नसक्ने बुझिएको छ ।

हालका प्रधानन्यायाधीश साउन २० गतेबाट अवकाशमा जाँदैछन् । जसको कारण नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया शुरु गर्न लागिएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?