राष्ट्रिय राजनीतिमा नयाँ तरङ्गको सिर्जना हुन्छ : कमल थापा

लोकपथ
84
Shares

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब नेपाली राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग सिर्जना हुने दाबी गरेका छन् ।

काठमाडौंमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र राप्रपा नेपालबीचको एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै उनले यो एकता नेपालमा राष्ट्रवादी शक्ति निर्माणका लागि कोशेढुङ्गा सावित हुने जिकिर गरे ।

उनले भने ‘यो एकता केवल प्रारम्भ मात्रै हो । देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने । यो प्रारम्भसंगै नेपालको राष्ट्रिय राजनीतिमा तरङ्गको सिर्जना हुनेछ भन्ने मैले ठानेको छु ।’

अब एकिकृत पार्टीको मान्यता राष्ट्रिय मान्यताको रुपमा स्थापित हुने उनको दाबी छ । यी दुई पार्टीबीचको एकीकरणपछि पनि कमल थापाकै नेतृत्वमा रहने पार्टीको नाम पनि राप्रपा नेपाल नै रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?