काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलको साधारण सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले एक सय रुपैंयाँ अंकित मुल्य कायम रहने गरी एक अर्ब १५ करोड रुपैयाँ बराबरको एक करोड १५ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलकोे तर्फबाट प्रबन्ध सञ्चालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् ।
कम्पनीले मिति २०७६।०३।१३ बाट रविभवन, काठमाडौंमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । एक सय ३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको दुई वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र तीन सय जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया