काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी साउन २२ गतेसम्मका लागि स्थगित भएको छ ।
सुन प्रकरणबारे एमालेले अडान कायमै राखेपछि बैठक सारिएको हो ।
सुनकाण्डमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग रहेको थियो । सहमति जुटाउनका लागि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था तथा परामर्श समितिको आह्वान छलफल गरेका थिए । तर एमालेले अडान कायमै राखेको थियो ।
उच्चस्तरीय छानबिन समिति गठन नभइ सदन चल्न नदिने एमालेको अडानपछि बैठक सारिएको सभामुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया