काठमाडौं । प्रतिनिधि सभाको बैठक नियमीत गर्ने विषयमा कार्यव्यवस्था समिति बैठकमा सहमति नजुटपछि सभामुखले मुख्य दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् ।
मंगलवार संसद भवनमा बसेको कार्यव्यवस्था समितिको बैठकमा सुरूमा संसद चल्न दिने र एमालेले छानबिनका लागि विशेष समिमति बैठक बोलाउन प्रस्ताव गर्ने भनिए पनि सत्ता पक्षका सांसदले नमानेपछि सहमति जुट्न नसकेको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
उनले भने ‘ लगभग सहमति भएको थियो तर सत्ता पक्षका सांसदले नमानेपछि अहिले पुनः सभामुखले मुख्य दलका प्रमुख सचेतकसँग छलफल गरिरहनु भएस्को छ । बैठक चल्ने कुरा थियो तर सत्ता पक्षका माननीयले पूर्ण सहमति नभएसम्म सूचना टाँसेर बैठक सारौं भन्नु भएको छ । ’
सत्तापक्ष छानबिन समिति बनाउन सहमत भयो भने संसद बैठक चल्ने नत्र अवरोध गर्ने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि कार्यव्यवस्था समितिको बैठकमा समेत सहमति नभएपछि, अहिले सभामुखले मुख्य दलका प्रमुख सचेतकसंग छलफल गरिरहेका छन् ।
सुन प्रकरणबारे संसदीय समिति बनाउन माग गर्दै एमालेले प्रतिनिधिसभा अवरोध गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया