कोशी प्रदेश : सरकार गठनका लागि आज अन्तिम दिन, अझै अलमलमै दलहरु

लोकपथ
98
Shares

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आज अन्तिम दिन भए पनि अझै कसको नेतृत्वमा सरकार गठन हुने भन्ने टुंगो लाग्न सकेको छैन ।

नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि दिएको समयसीमाभित्रै गठबन्धन दलले मुख्यमन्त्री दाबी पेश गर्ने भएको छ ।

यद्यपि अहिलेसम्म गठबन्धनले मुख्यमन्त्रीमा कसलाई सिफारिस गर्ने भन्ने विषयमा सहमति गर्न सकेको छैन ।

यता नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ मुख्यमन्त्री हिक्कतकुुमार कार्कीले समेत बहुुमत पुुर्याएर दाबी पेश गर्ने तयारीमा रहेका छन् ।

९३ सदस्यीय प्रदेश सभामा बहुुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तर कांग्रेस माओवादीसहितको गठनबन्धनसँग ४६ सिट र एमाले र राप्रपागरी ४६ सिट मात्र रहेको छ ।

गत असार १५द गते तत्कालिन मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि उनको सरकार ढलेको थियो । त्यसलगत्तै गठबन्धनले नयाँ सरकार गठनका लागि ४७ प्रदेश सभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुख सामुु बुुझाएको थियो । जसमा माओवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेपछि त्यसको विरुद्ध परेको रिटमा सुुनुवाई गर्दै सर्वोच्चले नयाँ सरकार गठनका लागि समेत परमादेश दिएको थियो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?