वाम गठबन्धनको घोषणापत्र मस्यौदा तयार

काठमाडौंँ, ९ कात्तिक – गत असोज १७ गते छबुँदे सहमति गरी वाम गठबन्धन बनाएका प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनका लागि घोषणापत्रको मस्यौदा तयार गरेका छन् । घोषणापत्रलाई आइतबारसम्म अन्तिम रूप दिई सार्वजनिक गर्ने तयारी गठबन्धनले गरेको खबर गोरखापत्रमा छापिएको छ घोषणापत्रलाई महत्वाकाङ्क्षीभन्दा पनि जनपक्षीय र कार्यान्वयन गर्न सक्ने खालको बनाएको दाबी मस्यौदाकार नेताहरूको छ । चुनावी घोषणापत्र मुख्यतः छबुँदे सहमतिलाई आधार बनाएर साझा मूल्य मान्यतामा आधारित निर्माण भएकोे दाबी गरिएको छ चुनावी घोषणापत्रमा माओवादी केन्द्रका तर्फबाट जनयुद्ध शब्द राख्ने प्रस्ताव आएको भए पनि त्यस विषयमा टुङ्गो लागि नसकेको बताइएको छ मस्यौदा समितिले आफ्नो तहबाट मस्यौदा गरे पनि दुवै दलका शीर्ष नेताहरूसँगको परामर्शपछि त्यसलाई अन्तिम रूप दिइने छ घोषणापत्र मस्यौदा समितिका सदस्य तथा नेकपा एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार चुनावी घोषणापत्रलाई धेरै महत्वाकाङ्क्षीभन्दा पनि कार्यान्वयन गर्नसक्ने खालको बनाउने तयारी भएको छ । घोषणापत्र निर्माण गर्न केही ढिला भए पनि मस्यौदा गरिएको घोषणापत्रले मुलुकलाई आर्थिक समृद्धिमा अगाडि बढाउने मुख्य जोड दिएको उनको दाबी छ सचिव ज्ञवालीका अनुसार घोषणापत्रले मुख्यतः पाँच वटा विषयलाई प्रमुखतासाथ उठाइएको छ । पहिलो, संविधान निर्माण वामपन्थी शक्तिकै जोडबल र योगदानले निर्माण भएको दाबी गर्दै त्यस विषयलाई प्रमुखतासाथ उठाइएको छ । दोस्रो, संविधान निर्माणपछि मुलुक नयाँ राजनीतिक युगमा प्रवेश गरेकाले मुलुकको आर्थिक समृद्धि र देशबाट गरिबी अन्त्य गर्ने विषयवस्तुलाई उठाइएको मस्यौदा समितिका सदस्य ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?