शहिदनगर : कार्यबाहक वडाध्यक्षका छोराले चलाउछन् वडा कार्यालय

लोकपथ
308
Shares

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं ८ मा कार्यबाहक वडाध्यक्षका छोराले वडाको कामकारबाही गरिरहेको पाइएको छ ।

शहिदनगर नगरपालिका वडा नं ८ का तत्कालिन वडाध्यक्ष तनुकलाल कुसियैत भ्रष्टाचार मुद्दामा पदमुक्त भएपछि कार्यकारी वडाध्यक्षको जिम्मेवारी वडा सदस्य कलादेवी दासलाई दिइएको थियो । तर कलादेवीले आफूले नभइ आफ्ना छोरा सन्तोष दासलाई जिम्मेवारी दिइएको र उनले नै वडा कार्यालय चलाउँदै आएका हुन् ।

वडाअध्यक्षको अनुपस्थितीमा कार्यबाहक वडाध्यक्षले त्यहाँको कामकारबाही चलाउनुपर्ने हुुन्छ । जसअनुसार कलावेदीले वडाको कामकारबाही गर्नुपर्नेमा उनका छोरा सन्तोषले दिनभरि बसेर वडा कार्यालय चलाउँदै आएकोप्रति वडाबासीले आपत्ति जनाएका छन्।

आमाको साटो उनका छोरा सन्तोष दासले वडाध्यक्षको कुर्शीमा बसेर मुचुल्का, सिफारिस दिने लगायतका कामहरु गरिरहेका छन् ।

सो सन्दर्भमा शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवसँग तोकेता गर्दा उनले वडाको जिम्मेवारी आफ्नो नरहेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?