अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग लगाउने नेकपाको तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी गरेको छ । 

घुसकाण्डमा मुछिएका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग लगाइने नेकपा (नेकपा) का नेताहरुले बताएका हुन् ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो सार्वजनिक भएपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् ।

स्रोतका अनुसार आयुक्त पाठकले शुक्रवारसम्म रजीनामा नदिए महाअभियोग दर्ता गर्ने बताए । 

‘राजिनामा नदिए शुक्रबार महाअभियोग दर्ता हुनसक्छ’, स्रोतले भने ।

यसैगरी सांसद योगेश भट्टराईका अनुसार आयुक्त पाठकले राजिनामा दिनुपर्ने र उनीमाथि छानविन हुने प्रतिक्रिया दिए ।

‘राजिनामा दिनु भएनन् भने महाअभियोगको बाटो त छँदैछ’ भट्टराई भने ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?