काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले सिभिल अस्पतालको सभाहलमा बिरामीलाई फलफुल वितरण गरेकी छिन् ।
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा निजामति आन्दोलनका सहिदहरु मनोज जोशी, झपेन्द्र कार्की तथा सुरेन्द्र बिकको स्मृति दिवसको अवसरमा राज्यमन्त्री चपाईले सिभिल अस्पतालको सभाहलमा बिरामीलाई फलफुल वितरण गरेकी हुन् ।
आज काठमाडौंको नयाँ बानेश्वर स्थित निजामती अस्पतालको सभाहलमा निजामती आन्दोलनका सहिदहरुको सम्झनामा सो कार्यक्रम आयोजना गरिएको थियो।
नेकपा एकीकृत समाजवादी निकट सरकारी कर्मचारी संगठनले सो कार्यक्रम आयोजना गरेको हो।सो अवसरमा राज्यमन्त्री चपाईले मुलुकमा परिवर्तनका लागि विभिन्न कालखण्डमा जीवनको योगदान गर्नुहुने सहिदहरुको योगदानको कदर गर्नुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया