काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेड बीच सिटिजन्स बैंकका ग्राहकहरुलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले हरेक बिहिबार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा पाँच सय रुपैंयाँसम्म छुट पाउन सक्ने छन् । यसका साथै सिटिजन्स बैंकबाट यही अगस्ट १ तारिख पश्चात नयाँ कार्ड प्राप्त गर्नुहुने ग्राहकहरुले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप एक सय ५० रुपैंयाँसम्मको भौचर प्राप्त गर्न सक्ने छन् ।
दराज क्यामुको रोटरी कम्पलेक्स, थापाथली स्थित कार्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै बैंकका मास बैकिंङ्ग अधिकृत मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकहरुलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यतm गरे । सो अवसरमा दराजका प्रमुख संचालन अधिकृत अर्यालले दराज समग्र ईकमर्स क्षेत्रको विकासको लागि प्रतिवद्ध रहेको जनाउदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्दै अगाडी बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्धन गर्दै जाने धारणा राखे ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृतविवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया