एमालेले अडान कायमै राखेपछि प्रतिनिधिसभा बैठक स्थगित

लोकपथ
266
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । एमालेले सदन चल्न नदिने अडान कायमै राखेपछि प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा माग्दै आइरहेको छ ।

एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?