ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

लोकपथ
189
Shares

काठमाडौं । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।

आइतवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

उक्त ट्याक्टरको ठक्करबाट घाईते भएका नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार राति साढे ९ बजे मृत्यु भएको हो ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?