प्रतिनिधिसभा बैठक बस्दै, रायमाझीलाई निलम्बन गरिने

लोकपथ
105
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा आज (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्षि नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध नगरेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बनको सूचना बैठकमा दिइनेछ ।

सभामुख देवराज घिमिरेले रायमाझीको सांसद पद निलम्बन भएको सूचना बैठकलाई गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । वैशाख ३१ गते काठमाडौंबाट पक्राउ परेका रायमाझीको बल्ल सांसद पद निलम्बन गर्न लागिएको हो ।

त्यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

तर, प्रमुख प्रतिपक्षी एमाले साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा सुना बरामद भएको र त्यसमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको जनाउँदै आएका छन् । उनीहरूको राजिनामा मागर्दै बैठक अवरुद्ध गरेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?