काठमाडौँ– चाबहिलस्थित सेन्ट लरेन्स कलेज ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान– २०८०’ बाट सम्मानित भएको छ । चन्द्रलोक प्रतिष्ठानले गत शनिबार कलेजले गुणस्तरीय शिक्षा दिँदै बागमती प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाको उपाधि दिएको हो ।
प्रतिष्ठानले एक औपचारिक कार्यक्रमका बिचमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई उक्त सम्मान प्रदान गरेकी हुन् । ‘प्रतिस्पर्धी शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान् र नैतिकवान् शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस् भन्ने कामना गरिएको छ,’ लरेन्सलाई प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ ।
देशभरका ८ हजारभन्दा बढी माविमा उत्कृष्ट नतिजा दिँदै आएको लरेन्सले यसअघि पनि विभिन्न उपाधि जित्दै आएको छ । भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न सेन्ट लरेन्स लामो समयदेखि सयौँ विद्यार्थीको रोजाइमा पर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया