माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

लोकपथ
0
Shares

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमबार बस्दैछ । केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बस्न लागेको हो ।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा तय भएको जानकारी दिए । माओवादीले साउन १७ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?