किन आज देशबासीलाई सम्बोधन गर्दैछन् प्रधानमन्त्री ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीलाई सम्बोधन गर्ने भएका छन् । 

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशबासीलाई सम्बोधन गर्न लागेका हुन् ।

आज बिहिवार अपराह्न ४ बजे ओलीले देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकारको १ वर्षको उपलब्धि र भावी योजना समेटिने उनको सचिवालयले जनाएको छ । ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?