संवैधानिक परिषदको बैठक मंगलबार बस्ने

लोकपथ
105
Shares

काठमाडौं । संवैधानिक परिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

मंगलबार अपराह्न चार बजे बैठक बस्नेगरी प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।

बैठकमा भावी प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने बताइएको छ । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?