मुलुकमा शिक्षा र स्वास्थ्यको चरम व्यापारिकरण भईहरको छ : अध्यक्ष नेपाल

लोकपथ
49
Shares

काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, मुलुकमा शिक्षा र स्वास्थ्यको व्यापारिकरण भईरहेको बताएका छन् ।

आईतबार काठमाडौंमा आयोजित नेपालको ट्रेड युनियन आन्दोलनको उपलब्धी र चुनौतीहरु नामक पूस्तक विमोचन कार्यक्रममा उनले शिक्षा मुनाफा कमाउने माध्यमको रुपमा विकास भएको भन्दै असन्तुष्टि पोखे ।

‘जसरी शिक्षा र स्वास्थ्यको व्यापारिकरण भईहरेको छ । मुनाफा कमाउने माध्यमको रुपमा प्रयोग गरिएको छ । समाजवादी मुलुकको बारेमा त कुरै नगरौं अन्य पुँजीवादी देशहरुमा जस्तो शिक्षाको अधिकार प्राप्त गरेका छन् । त्यो अधिकारबाट पनि बञ्चित हुने अवस्था नेपालमा छ ।’ उनले भने ।

उनले देश भित्रको आन्दोलनमा जसको भुमिका र विषेश छाप छोड्न सक्दैन उसले आफ्नो छुट्टै पहिचान निमार्ण गर्न नसक्ने बताए । आफ्नो पार्टीले शिक्षा प्रणलीमा आमुल परिवर्तन गर्ने प्रयत्न गरिरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?