‘केन्द्रीय समिति बैठकपछि केही केन्द्रीय सदस्यको हैसियत उदाङ्गियो’ (भिडियोसहित)

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य एवं कांग्रेस नेता डिल्लीराम सुुवेदीले भर्खरै सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले नयाँ सन्देश दिएको बताएका छन् ।

लोकपथ टिभीसँगको कुुराकानीको क्रममा नेता सुुवेदीले बैठकको प्रत्यक्ष प्रशारणले जनतामा नेताहरुको बोली र व्यवहारप्रति प्रत्यक्ष बुुझ्न पाएको बताए । केही केन्द्रीय सदस्यहरुले पार्टी रुपान्तरणको सवाल भन्दा पनि सभापतिको गुनगान र महामन्त्रीप्रति कटाक्ष मात्रै गरेको टिप्पणी गरे । साथै महामन्त्री गगनकुुमार थापाप्रतिको कटाक्षले नेताहरुको चरित्र उदाङ्गिएको र महामन्त्री स्वंयमको क्रेज जनतामा बढेको दाबी गरे ।

भिडियो हेनुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?