समाजवादी विद्यार्थी मोर्चा घोषणा हुँदै

लोकपथ
56
Shares

काठमाडौं । सत्तारुढ राजनीतिक दलहरू (समाजवादी मोर्चा) निकट विद्यार्थी संगठनहरूले आज(आइतबार) विद्यार्थी मोर्चा घोषणा गर्ने भएका छन् ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा कार्यक्रम आयोजना गर्दै उनीहरूले विद्यार्थी मोर्चा घोषणा गर्न लागेका हुन् ।मध्यान्न १२ बजेका लागि तय गरिएको कार्यक्रममा सरकारको नेतृत्व गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख आतिथिकारुपमा सहभागि हुने छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सहभागी हुनेछन् ।

समाजवादी मोर्चामा विप्लव नेतृत्वको नेकपा बाहेक सबै दल सरकारमा सहभागि छन् । यी चार राजनीतिक दलले सत्ता साझेदार नेपाली कांग्रेससँग समेतको परार्मशमा समाजवादी मोर्चा गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?