काठमाडौं । बुढानिलकण्ठस्थित होेक्काइदो फार्म हाउसमा तयार गरिएको अखण्ड दीप प्रज्वलन संरचनामा अखण्ड शान्ती दीप प्रज्वलन गरिएको छ । जापानस्थित साइसान कम्पनी लिमिटेडको लगानी रहेको ग्यास वान नेपाल प्रा.लिले तयार गरेको उक्त संरचनामा बिहिबार साँझ अखण्ड शान्ती दीप प्रज्वलन गरिएको हो ।
होक्काइदो नेपाल बिजिनेस र ग्यास वान नेपाल प्रा.लिको संयुक्त आयोजनामा उक्त दीप प्रज्वलन कार्यक्रम गरिएको थियो ।
नेपाल र जापानको आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै व्यावसायिक क्रियाकलाप अझै बढ्दै जाओस् भन्ने उद्धेश्यले उक्त दीप प्रज्वलन गरिएको होक्काइदोका सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए ।
दीप प्रज्वलन कार्यक्रममा जापान र नेपालका तर्फबाट विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । जसमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान), रास्वपाका उपाध्यक्ष एवम् सांसद डीपी अर्याल, एनआरएनएका पूर्व अध्यक्ष भवन भट्ट, ग्यास वन नेपाल प्रा.लिका प्रबन्ध सञ्चालक हिडेफिमि जिनाई, के जी एच ग्रुपका अध्यक्ष सुनिल शाक्यलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, जापानीज दुतावासका काउन्सिलर श्री ताकाहिरो तमुरा, जापानिज च्याम्बर अफ कमर्सका अध्यक्ष श्री तात्सू मात्सुमोतो र अन्य निजि क्षेत्रका साथै अन्य संस्थान हरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
१७ वर्षसम्म जापानमा रही नेपालमै केही गर्छु भन्ने हेतुले फर्किएका अर्जुन अधिकारीले सन् २०१७ देखि नेपालमा जापानिज खाना पसकने हेतुले काठमान्डौ बुढानिलकण्ठ मा रहेको पार्क भिलेज होटेल को हातामा होक्काइडो रामेन हाउस नामक रेस्टुरेन्ट सुरु गरेका हुन् । त्यसमा सफलता पाएसँगै अहिले नेपालमा ७ वटा विभिन्न जापानिज रेस्टुरेन्टहरु सञ्चालन गर्दै आएका छन् ।
कुनै न कुनै प्रकारले नेपाल र जापान बिचको सम्बन्धमा पुलको काम गर्ने उनमा चाहना रहेकाले उनले जापनिज खानामार्फत नेपालमा जापानिज संस्कृतिको प्रवर्धन गर्ने जमर्को गर्दै आएका छन् । हालैमात्र अधिकारीले लाजिम्पाटस्थित रेडिसन होटेल को हातामा इजाकाया होक्काइडो नामक रेस्टुरेन्ट पनि संचालनमा ल्याएका छन् ।
जापानी भाषाका ‘इजाकाया’को अर्थ हो– बस्ने, पिउने र आराम गर्ने ठाउँ हो । रेष्टुरेन्टमा प्रमाणिक जापानी खाना राति एक बजेसम्म उपलब्ध हुने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए । काठमाडौंको मध्यभागको रेष्टुरेन्टले जापानी खानाका पारखीलाई उत्साहित बनाउनेमा विश्वस्त रहेका अधिकारीले भने, ‘नेपालीले अन्य खानाका लागि गर्ने खर्चकै हाराहारीमा जापानी खानाको स्वाद लिन सक्नेछन् ।’
यस कम्पनीमार्फत् स्थापित रिसोर्ट र रेष्टुरेन्टले जापानी खानाका पारखीको सेवा मात्र गर्दैन, आफूसँग आवद्ध १३० भन्दा बढि दक्ष कर्मचारिलाई पुर्ण व्यवसायिक बनाएर विभिन्न परियोजनामा लगानी गर्न पनि प्रोत्साहनसमेत गर्दै आएको छ । भविष्यमा नेपाल र जापानबीचको सम्बन्धलाई स्वादमार्फत् जोड्दै जाने उद्यमी उत्पादन र सेवा विस्तार पनि हाम्रो लक्ष्य हुने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए ।
जापानी खानाको मौलिक स्वाद कायम राख्न एचएनबीजीले जापानबाट आएका सेफको प्रत्यक्ष निगरानी र निर्देशनमा ‘सेन्टर किचेन’ सञ्चालन गरेको छ । ‘सेन्टर किचनबाटै सबै आउटलेटमा खाना आपूर्ति हुन्छ, स्वादको मानक र एकरुपता कायम गर्न यसो गरेका हौं,’ अधिकारीले भने । छिट्टै होक्कईदो नेपाल बिजनेस कम्पनि ले जापनिज सौन्दर्यका सामग्री र कस्मेटिक सामग्री जापानकै मुल्यमा स्वदेशमा ल्याई बिक्रि गर्ने प्रयत्न गरेको छ । साथै जापनिज ग्रोसरी र साके छित्तै बजारमा ल्याउने अधिकारीले बताए ।
यसैगरी, नेपालमा काम गर्न ईच्छुक ब्यक्तिलाई आफ्नै जापनिज भाषा इन्स्टिच्युटमा जापानिज भाषा पढाई जापानमा काम सिक्नको लागि पठउने र काम सिकिसकेपछि आफ्नो कम्पनि मा राम्रो तलब दिई राख्ने समेत उनले बताए । ‘हाम्रो उद्देश्य व्यापार मात्र होइन । दक्ष जनशक्ति उत्पादनसँगै उद्यमशीलताको प्रवद्र्धन तथा नेपाल–जापानबीचको सम्बन्ध जनस्तरमा थप स्थापित गराउनु पनि हो । हामी सामाजिक उत्तरदायित्वसहितको व्यवसायमा समर्पित छौँ,’ अधिकारीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया