नदीको भेलसँगै बग्दै पुरातात्त्विक सम्पदा

लोकपथ
0
Shares

बुद्धको जन्मस्थल लुम्बिनीनजिक रहेका पुरातात्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बग्दै गएका छन् । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँनजिकै रहेका पुरातात्विक भग्नावशेष बाढीको भेलसँगै दानव नदीमा विलय हुँदै गएको हो ।

केही वर्षयतादेखि दानव नदीले नगरपालिकाको सो क्षेत्रमा अनियन्त्रित कटान सुरु गरेपछि जमिनमुनि लुकेर रहेका प्राचीन अवशेष लगातार नदीमा विलय हँुदै गएको छ । सुरुमा त इँटा, माटाका भाँडा र धातुका सिक्का मात्र भेटिन्थे तर २०५७ सालतिर धार परिवर्तन भई नदी कटान बढेपछि सो क्षेत्रमा विभिन्न पुरातात्विक महत्वका संरचना प्रत्यक्ष फेला पर्न थालेको खबर गोरखापत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?