राप्रपाको केन्द्रीय कार्यालय खाली गर्न बालेनको निर्देशन, अटेर गरे भत्काइने

लोकपथ
161
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयको भवन खाली गर्न निर्देशन दिएको छ ।

बिजुलीको हाइटेन्सन लाइन मुनी रहेको उक्त भवनलाई तीन दिनभित्र खाली गर्न मेयर बालेन शाहले निर्देशन दिएसँगै पार्टीलाई जानकारी गराइएको काठमाडौं महानगरीय प्रहरी बलका प्रमुख एसपी राजु पाण्डेले लोकपथलाई बताए ।

‘राप्रपाको केन्द्रीय कार्यालय बिजुलीको हाइटेन्सन लाइनमुनी भएकाले खाली गर्न निर्देशन दिएका हौँ,’ उनले भने, ‘यदि अटेर गरी नहटाए हामी बल प्रयोग गर्छौँ ।’

राप्रपाले उक्त भवन खाली गराएपछि त्यसलाई भत्काइने समेत पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?