१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
434
Shares

काठमाडौं । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय बिनोद वलीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगि मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?