दिगो विकास तथा सुशासन समितिद्वारा कार्ययोजना प्रस्ताव तयार

लोकपथ
14
Shares

काठमाडौं । दिगो विकास र तथा सुशासन समितिले, भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनमा जोड दिँदै २१ बुँदे क्रियाकलापसम्बन्धी प्रस्ताव तयार गरेको छ ।

समितिको आजको बैठकमा चालु आर्थिक वर्ष २०८०-८१ को कार्ययोजनामा भ्रष्टाचार निवारण र सुशासनका सन्दर्भमा नियामक निकायसँग गहन छलफल र अन्तक्र्रिया गरिने बताइएको छ ।

आगामी १६औँ पञ्चवर्षीय योजना, लैङ्गिक उत्तरदायी बजेट र दिगो विकास लक्ष्य साङ्केतीकीरणका विषयमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यक्रम पनि समितिले प्रस्ताव गरेको छ ।

समिति सभापति प्रकाश पन्थले, दिगो विकास लक्षित र लैङ्गिक उत्तरदायी योजना निर्माण, पूर्वाधार विकास, खानेपानी, वातावरणीय सन्तुलन तथा फोहर व्यवस्थापन, सुशासन प्रवद्र्धन र सेवा प्रवाहका मुद्दालाई समितिले जोड दिएको बताए ।

त्यस्तै समितिमा सदस्य भुवन सुनारको संयोजकत्वमा गठित उपसमितिले तयार गरेको दलितका सवाल सम्बन्धि सङ्कल्प प्रस्ताव कार्यान्वयन कार्यायोजनाको मस्यौदा प्रतिवेदन पेस गरिएको छ । राष्ट्रियसभाले मातहतका समितिलाई उक्त प्रस्ताव तयार गर्न गात चैत ८ गतेको बैठकबाट सर्वसम्मतिले निर्देशन दिएको थियो ।

बैठकमा सभापति पन्थले भने ‘विशेष गरेर राष्ट्रिय सभामा दलितहरुको हक हितका बारेमा संकल्प प्रस्ताव केही महिना अगाडि पारित भएको थियो । त्यसको कार्यान्वयनको लागि सरकारलाई निर्देशन दिएको थियो भने उक्त कार्यान्वयनको अनुगमनको लागि समितिहरुलाई निर्देशन थियो । सोहि अनुरुप संकल्प प्रस्ताव कार्ययोजना अनुगमन उपसमिति गठन गरेर त्यसको केही कार्ययोजनाहरु बनाएको थियो।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?