४ भाद्र २०७९, शनिवार

अल्बर्ट आइन्स्टाइनको यस्तो नोटले चम्कियो भाग्यो, कतिमा बिक्यो ?

२०७४,कार्तिक,८,बुधबार १६:५८

0
Shares

एजेन्सी- वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको  सिद्धान्तबारेको एक नोट (लेखोट) १५ लाख ६० हजार डलरमा बिक्री भएको छनोबेल पुरस्कार विजेता भौतिकशास्त्री आइन्स्टाइनले सन् १९२२ मा एक जापानी पत्रवाहकलाई पैसाको साटो जर्मन भाषामा लेखिएका लेखोट दिएका थिएपत्र पुर्‍याउन आफ्नो कोठामा आइपुगेका पत्रवाहकलाई ‘टिप’ दिनका लागि पैसा नभएपछि आइन्स्टाइनले त्यस्तो लेखोट दिएको बताइन्छत्यतिबेला उनले भौतिकशास्त्रतर्कफको नोबेल पुरस्कार पाएको भर्खरै सुनेका थिए र उनी जापानमा प्रवचन-यात्रामा थिएती पत्रवाहकलाई खाली हात पठाउन नचाहेकोले आइन्स्टाइनले पत्रवाहकलाई ती लेखोट दिएको लिलाम बढाबढमा राखेका पत्रवाहकका नातेदारले बताए।  जेरुसलेममा लिलाम बढाबढमा ती लेखोट बिक्री भएका हुन्।आइन्स्टाइनले पत्रवाहकलाई उनी भाग्यमानी भए आफूले दिएका लेखोट भविष्यमा मूल्यवान हुने बताएका थिएआइन्स्टाइनले आफ्नो सम्पूर्ण जीवन विज्ञानप्रति समर्पित गरेका थिएउनको हस्ताक्षरसहित एक वाक्यको लेखोटमा लेखिएको छ, “सफलताको खोजीमा लागिपर्दा र त्यसले निरन्तर उत्पन्न गराउने बेचैनीले भन्दा शान्त र साधारण जीवनले धेरै खुशी ल्याउँछ।”उनको दोस्रो लेखोट चाहिँ २ लाख ४० हजार डलरमा बिक्री भएको छ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार १६:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको मुम्बई प्रहरीलाई धम्कीपूर्ण म्यासेज आएको छ । मुम्बई प्रहरीलाई ह्वाट्सएपमा आएको एक म्यासेजमा मुम्बईलाई उडाउने पूर्ण तयारी

१. नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक निष्कर्ष बिहिन, पदाधिकारी चयन भन्दा निर्वाचन केन्द्रीत छलफल बढी, महासचिवमा आकांक्षी बढेपछि पदाधिकारी

१. राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, पक्ष र विपक्षमा भएको मतदानमा बहुमत सांसदले दिए पक्षमा मत

एजेन्सी । अफवाह फैलाएको आरोपमा भारतले पाकिस्तानी एकसहित आठ युट्युब च्यानल ब्लक गरेको छ । अवरुद्ध युट्युब च्यानलहरूमा ११४ करोडभन्दा

ताजा समाचार

पाल्पामा आज भगवती जात्रा मनाइँदै
 २०७९,भाद्र,४,शनिवार ११:३४
करेन्ट लागेर बाबु र छोराको मृत्यु
 २०७९,भाद्र,४,शनिवार ११:३१
बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
 २०७९,भाद्र,४,शनिवार ११:११