काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
शुक्रबार दिउँसो राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भइ पेश भएको विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘मुुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका हुन् ।
देशभरबाट मिटरब्याज पीडितहरुले आन्दोलन गरेपछि सरकारले अध्यादेश ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया