जानकी मन्दिरमा युवतीसँग अश्लिल टिकटक बनाउने युवक पक्राउ

लोकपथ
581
Shares

काठमाडौं । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरको विवाहमण्डप (मडवा)मा अश्लिल टिकटक भिडियो बनाउनेलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

केही दिन अगाडी जानकी मन्दिर लगत्तै रहेको मडवामा युवा युवतिले अश्लिल हर्कत गरीरहेको भिडियो टिकटकमा अपलोड भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

धनुषा प्रहरीलाई स्थानीय मन्दिर प्रशासन, युवाहरुले समेत समाजिक सँजालबाटै दबाब दिएपछि उनलाई पक्राउ गरिएको हो । समाजिक सञ्जालमा सो अश्लिल हर्कतको भिडियो टिकटकबाट भाईरल बनेपछि अनिरुद्ध यादव नामक युवकलाई पक्राउ गरिएको हो ।

धार्मिक स्थल रहेको विवाहमण्ड प्रवेशसहित मोबाईल, क्यामेरामा प्रतिबन्ध नलगाउनुको नतिजा जनकपुरधामवासीले भोगिरहेका छन् । मडवामा विभिन्न समयमा यस्ता अश्लिल हर्कतका भिडियोहरु सार्वजनिक हुँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरिएका यादवलाई केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?