कोशी प्रदेश : मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई साउन १६ गतेसम्मको समय

लोकपथ
78
Shares

काठमाडौं । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन्।

एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख खापुङले साउन १६ गते मंगलबार साँझ ५ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न समय दिएका हुन् ।

‘सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब देखिएको हुँदा २०८०-४-१७ भित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु’ भन्ने परमादेश जारी भएको र सोहीअनुसार सरकार गठनको आह्वान गरिएको’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?