बलात्कार आरोपमा इन्जिनियर पोखरेल पक्राउ

लोकपथ
322
Shares

काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएर बसेका पोखरेललाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।

ती किशोरीले केही समय अघि सामाजिक सन्जालमा  पोखरेलले  आफूलाई बलात्कार गरेको भन्दै भिडियोसमेत राखेकी  थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?