बंगलादेशसँग जलविद्युत निर्यातमा के भयो कुरा ?

लोकपथ
140
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बंगलादेशका प्रधानमन्त्री शेख हसिना जलविद्युत निर्यातसहित दुई पक्षीय हितमा कुरा भएको बताएका छन् ।

शुक्रबार बिहान इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले पत्रकारहरुसँग कुराकानी गर्दै बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न ईच्छुक रहेको बताएका हुन् ।

उनले भने ‘बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न ईच्छुक रहेको छ । आर्थिक अन्तर निर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यन्वयनको चरणमा रहेको छ । हालै मात्र गरेको भारतको औपचारिक भ्रमणमा नेपालले भारतीय भूमि भएर नेपालको जलविद्युत बंगलादेशमा निर्यात गर्ने सहमति भएको छ । त्यसलाई औपचारिकता दिइ जलविद्युत निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाएको छ । ’

प्रधानमन्त्री दाहालले भेटघाटमा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण सम्बन्ध आपसीसहयोग,क्षेत्रीय सहयोग संगठन सार्कमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरुमा छलफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?