हिक्मतकुमार कार्कीले भने– ‘कांग्रेसलाई मुख्यमन्त्री दिन तयार छुु’

लोकपथ
0
Shares

काठमाडौं । कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसलाई मुख्यमन्त्री स्वीकार गरेर अघि बढ्न आफू तयार रहेको बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै एमाले संसदीय दलका नेता समेत रहेका कामचलाउ मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

अब एमाले र कांग्रेस मिलेर सरकार बनाउने सम्भावना कति कति देखिन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘त्यसमा हामी ओपन नै छौँ । मेरो मान्यता के छ भने अहिलेका ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा यदी मुलुकको डेमोक्रेसिलाई संस्थागत गर्ने कुरा, संविधानलाई संस्थागत गर्ने कुरा, कानुनी राज्यलाई स्थापित गर्ने कुरा हामीबीचमा मिल्छ भने अगाडि बढ्न तयारी छाँै । मुख्यमन्त्री मात्रै ठूूलो कुरा होइन । कुरा मिल्छ भने जुनसुकै दललाई मुख्यमन्त्री दिन सकिन्छ । जब आफूसँग बहुुमत भएन भने जुनसुकै दललाई मुख्यमन्त्री दिएर अघि बढ्न एमाले बाधक बन्दैन । यदी कांग्रेस स्पष्ट भयो भने त्यसमा कुनै बाधक बन्दैनौँ ।’

बिहीबार गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाको नियुक्ति सर्वोच्चको आदेशले बदर भएको छ । त्यससँगै आगामी १७ गतेभित्र बहुमतसहित सरकार गठनका लागि सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चको आदेश अनुसार साउन १७ गतेभित्र बहुुमत पुर्याएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको बाटो खुला भएको छ । यदी सो समयभित्र कुनै पनि सरकार गठन हुन नसकेमा पुन प्रदेश प्रमुखले प्रदेश सभाको ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

सर्वोच्चको फैसलापछि गठबन्धन सरकार ढलेको छ । त्यससँगै कोशीमा नयाँ सरकार गठनका लागि पहल शुुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?