१५ लाख ६० हजार डलरमा बिक्रीअल्बर्ट आइन्स्टाइनको यस्तो नोट

एजेन्सी- वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको  सिद्धान्तबारेको एक नोट (लेखोट) १५ लाख ६० हजार डलरमा बिक्री भएको छनोबेल पुरस्कार विजेता भौतिकशास्त्री आइन्स्टाइनले सन् १९२२ मा एक जापानी पत्रवाहकलाई पैसाको साटो जर्मन भाषामा लेखिएका लेखोट दिएका थिएपत्र पुर्‍याउन आफ्नो कोठामा आइपुगेका पत्रवाहकलाई ‘टिप’ दिनका लागि पैसा नभएपछि आइन्स्टाइनले त्यस्तो लेखोट दिएको बताइन्छत्यतिबेला उनले भौतिकशास्त्रतर्कफको नोबेल पुरस्कार पाएको भर्खरै सुनेका थिए र उनी जापानमा प्रवचन-यात्रामा थिएती पत्रवाहकलाई खाली हात पठाउन नचाहेकोले आइन्स्टाइनले पत्रवाहकलाई ती लेखोट दिएको लिलाम बढाबढमा राखेका पत्रवाहकका नातेदारले बताए।  जेरुसलेममा लिलाम बढाबढमा ती लेखोट बिक्री भएका हुन्।आइन्स्टाइनले पत्रवाहकलाई उनी भाग्यमानी भए आफूले दिएका लेखोट भविष्यमा मूल्यवान हुने बताएका थिएआइन्स्टाइनले आफ्नो सम्पूर्ण जीवन विज्ञानप्रति समर्पित गरेका थिएउनको हस्ताक्षरसहित एक वाक्यको लेखोटमा लेखिएको छ, “सफलताको खोजीमा लागिपर्दा र त्यसले निरन्तर उत्पन्न गराउने बेचैनीले भन्दा शान्त र साधारण जीवनले धेरै खुशी ल्याउँछ।”उनको दोस्रो लेखोट चाहिँ २ लाख ४० हजार डलरमा बिक्री भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?