नेपाल रेडक्रसका विसंगती हटाउनु पर्छ : मन्त्री बस्नेत

लोकपथ
63
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपाल रेडक्रसमा विसंगतिहरू मौलाउँदै गएको गुनासो गरेका छन् । ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्यमन्त्री बस्नेतले देशमा आउने विभिन्न संकटमा रेडक्रमले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

‘देशमा समस्या परेको समयमा रेडक्रम जस्तो संस्थाहरूको ठूलो भूमिका देखिन्छ । यसमा भएका केही विसंगतिहरुलाई न्यूनीकरण गर्दै जानुपर्छ,’ मन्त्री बस्नेतले भने,‘काम जति पवित्र भयो त्यहाँ त्यती नै गुनासाहरू हुन्छन्, त्यती हुदाँ पनि रेडक्रसले आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।’

नागरिकले गरेको रक्तदानको सदुपयोग हुनुपर्नेमा जोड दिंदै मन्त्री बस्नेतले भने,‘त्यसको सदुपयोग हुन सकेन् भने त्यो अपराध हुन्छ । आफूले गरेको काममा होसियारीका साथ क्रियाकलाप अगाडि बढाउनु पर्छ । यसबाट पाउँने आत्म सन्तुष्टि हो ।’

नेपाल रेडक्रसको आफु पनि एक सदस्य भएको जनाउँदै बस्नेतले भने,‘मबाट हुनसक्ने, मेरो मन्त्रालयबाट हुन सक्ने सहयोग गर्छु । म तपाईहरुको साथमा छु ।’ आगामी दिनमा अझ परिष्कृत भएर आफ्नो कामहरु अगाडि बढाउन र जनअपेक्षा तथा चहाना अनुसार काम गर्न पनि आग्रह गरे । ‘संस्थाको उद्देश्य, कार्यशैली त्यसलाई पूर्णता दिन हामीले सक्छौ । देशमा रगतको आवश्यकता परेको समयमा रक्तसञ्चार, रेडक्रस जस्तो संस्थाले रगत पु¥याउने काम गरेको छ । आगामी दिनमा पनि गरोस्,’उनले भने ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि आफुले प्रयास थालेको पनि मन्त्री बस्नेले बताए । उनले भने, ‘उपत्यकामा १०१ फार्मेसिको अनुगमन गरेका छौ । देशभर ७७ जिल्लामा गरेका थियौं । लागू औषध, डेट सकिएको पनि राखेको थियो । राख्न नहुने स्थानमा औषधी राख्या छ, अखाद्य वस्तु राखिएको छ । अनुगमनमा एउटा मात्रै फार्मेसि राम्रो देखियो । २-३ महिनाभित्र सेतो कोट दिवस मनाउँँदै छौ, यो क्षेत्रमा काम गर्ने सबैलाई सम्मान गर्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?