समाजवादी मोर्चा नेपालले कार्यविधि कार्यान्वयनमा

लोकपथ
0
Shares

समाजवादी मोर्चा नेपालले कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले चार पार्टीको अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ ।

संयोजन समितिको मातहतमा केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् । जुन पार्टीले अध्यक्षता गरेको हुन्छ, सोही पार्टीको प्रतिनिधि सदस्यसचिव रहने व्यवस्था छ । कार्यविधिमा सचिवालयको काम, कर्तव्य र अधिकारबारे छ बुँदामा व्यवस्था गरिएको छ । मोर्चामा आबद्ध दलसँगको समन्वयमा कामकारबाही व्यवस्थित बनाउन कार्यविधि ल्याइएको खबर गोरखापत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?