काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले २४ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिएका छन् ।
डा. भट्टराईले बुधवार बिहान सामाजिक सञ्जाल ट्वीटरबाट ट्वीट गर्दै २४ औँ जनयुद्ध दिवसका अवसरका शुभकामना दिएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत भट्टराईले दुई वर्षअघि तत्कालीन माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी गठन गरेका थिए ।
भट्टराईले ट्वीटरमार्फत तत्कालीन माओवादी अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’सँगको आफ्नो तस्वीर पनि ट्वीट गर्दै शुभकामना दिएका हुन् ।
बाबुरामले ट्वीटमा भनेका छन्, ‘नेपाली समाजको लोकतान्त्रिकीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना, संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दशवर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२–०६३ को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया