सुन ‘तस्करी’प्रकरण : लाजिम्पाटमा चिनियाँ नागरिक बस्ने घरमा राजस्वको छापा

लोकपथ
63
Shares

काठमाडौं । राजश्व अनुसन्धान विभागले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा छापा मारेको छ ।

विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरिरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

जिक्वाङसहित अरु २ जना चिनियाँ नागरिक बस्दै आएको घरबाट राजस्वको टोलीले सो घरबाट कागजात र केही सामान बरामद गरेको छ भने घरलाई अहिले विभागले शिल गरेको छ ।

सुन ‘तस्करी’प्रकरणमा संलग्न रहेको आरोपमा जिक्वाङ लिन पक्राउ परिसकेका का छन् । सुन तस्करीमा संलग्न अरोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?