काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले २४ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश दिएको छ ।
बुधवार बिहान २४ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै विप्लवले जनता, सहिद परिवार, वेपत्ता परिवार, घाइतेहरुको स्मरण गर्दै जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने जनाएका छन् ।
‘तसर्थ महान सहिद, वेपत्ता, योद्धा परिवार, जनमुक्ति सेना,जनता, सच्चा लोकतन्त्रवादी, गणतनत्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्गलाई कहिल्यै नटुटनेगरी हातेमालो गर्दै वैज्ञानिक समाजवाद र साम्यावदतर्फ अघि बढौ भन्ने अपिल गर्न जनययुद्ध दिवसका अवसरमा गर्दर्छौ’ विप्लवद्वारा हस्ताक्षरीत शुभकामना विज्ञप्तिमा लेखिएको छ ।
साथै विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली क्रान्तिकारीहरुको भविष्य उज्जवल छ । क्रान्ति अवश्यम्भाबी बन्दै गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया