कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाकाे नियुक्ति बदर गर्न सर्वोच्चको आदेश

लोकपथ
140
Shares

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सो आदेश दिएको हो ।

सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।

गत असार २१ गते गठबन्धनको सहयोगमा कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्री पदमा दाबी गरेका थिए । तर बहुमत नपुगेपछि सभामुख बाबुराम गौतमको समेत समर्थन रहेपछि उनको नियुक्तिविरुद्ध रिट परेको थियो ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?